पोखरा विमान दुर्घटनाको वेदना: सुदूरको ठाडी भाकामा

काठमाडाैं | माघ ५, २०७९

पोखरा विमान दुर्घटनाको वेदना: सुदूरको ठाडी भाकामा

महेन्द्रनगर:   पोखरा बस्साकी, काठमाणडौं है उडाइ लैग्यो, पोखरा बस्साकी
सेतीमा खस्साकी, बिहानैका झुल्क्या घाम सेतीमा खस्याकी ।।
छैन् तेरो चित्र, हावामा उठेर आउन्या, छैन तेरो चित्र
उसै जहाजभित्र काल पनि बस्याको रैछ् उसै जहाजभित्र
बादलभित्र लैग्यो, दुई फन्का पशुपति लायो, बादलभित्र लैग्यो ।
सम्झानामा रहीगया, मान्छे बाईगया, फोटो मात्रै सम्झनामा रैग्या ।
बनाइदियो खाग लासै पनि नचिनिन्या बनाइदियो खाग ।
धर्मी महिनाना माघ, आँशुका नौधरा बग्या धर्मी महिना माघ ।।


चार दिनअघि मुलुक नै शोकमा डुबाउने गरी पोखरामा भएको विमान दुर्घटनाको वेदना सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले ठाडी भाकामा गीत सार्वजनिक गर्नुभएको छ ।


आफूले जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति सुदूरपश्चिमको ठाडी भाकामा श्रद्धाञ्जलि दिएको उहाँले बताउनुभयो । बुधबार राति युट्युबमार्फत भाका सार्वजनिक गर्नुभएका भट्टले गीत गाउनुका साथै आफूले लय दिएको  बताउनुभयो ।


सुदूरपश्चिमकै गायक भानुभक्त जोशीले शब्द सङ्कलन गर्नुभएको हो । गीतमा दुर्घटनामा ज्यान गुमाउनुभएका कञ्चनपुरको महेन्द्रनगरका सुस्मा पाण्डेय भट्ट र उहाँका १५ वर्षीय छोरा स्लकलाई समेत सम्झिनुभएको छ ।


“यो साङ्गीतिक क्षेत्रमा चर्चा कमाउनभन्दा पनि मुलुक शोकमा डुबेका बेला वेदना र यथार्थ पस्किएका भन्नुहुँदै हवाई यात्रा असुरक्षित बन्दै गएको विषय गीतमा समेटेको छु ।,” उहाँले भन्नुभयो ।


उहाँले विसं २०५२ मा सुदूरपश्चिमको सेतीमा बस दुर्घटना हुँदा उहाँले वियोगान्त गीत सार्वजनिक गरेको स्मरण गर्नुभयो । “शोकका बेला मैले ल्याएको यो तेस्रो गीत हो”, देउडा गायक भट्टले भन्नुभयो, “ठाडीमा रमाइलो गीतभन्दा पनि दुःख वेदनाको विषय मात्रै समावेश हुन्छ ।”


कालको खोल भयो नेपालको जहाजको यात्रा कालको खोल भयो ।
रगतको झोलको सेतीका माछाकी लेखा रगतको झोल भयो ।।
संसारै रुवायै, कठैदैव तेरो लिला संसारै रुवाए ।
एमराज खुवाए, एकैचिता इतिजना एमराज खुवाए ।।

यती एयरलाइन्सको विमान दुर्घटनामा परी ७२ जनाको ज्यान गएको थियो । अहिले शव आफन्तको जिम्मा लगाउने क्रम सकिएको छैन । सोही विमानमा सवार महेन्द्रनगरका आमारछोराको शव अझै आफन्तले पाउन सकेका छैनन् ।


सेलीरोटी खानाको नहरीको कालो काग सेलरोटी खानाको ।
बहत्तर जनाको एकैच्याहान क्याइबनाए, बहत्तर जनाको ।।
गाइकालै साथ आमा–छोरा कञ्चनपुरका गाइकालै साथ ।
दिउँसै पडि रात, बाटो कुर्‍या घरपरिवार दिउँसै पडि रात ।।


गायक भट्टले राति अपलोड गरेको उक्त भाकालाई हालसम्म ५८ हजारभन्दा बढीले युट्युबमा हेरिसकेका छन् । गीत सुनेकाले दुःखद घडीमा मार्मिक सिर्जना गरेको भन्दै गायकको प्रशंसा गरेका छन् ।

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ ।  सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...

थप पढ्नुहोस्

पोखरा:  १४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ ।  महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्...

थप पढ्नुहोस्